कोरोनाको नाममा नवराजपुरमा ब्रह्मलुट, छानविन गर्न अख्तियारसँग स्थानीयको गुहार


जयनाथ यादव/ लहान : सिरहाको नवराजपुर गाउँपालिकमा कोरोना रोकथाम तथा नियन्त्रण कोषको रकममा व्यापक आर्थिक अनियमितता भएको छ ।

गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा छुट्याएको १ करोड ५० लाख मध्ये १ करोड ४९ लाख ९७ हजार ८ सय २१ रुपैया जम्मा खर्च देखाएको छ । गाउँपालिकामा स्थानियबासी न राहात पाएको छ, न क्वारेन्टाईनको व्यवस्थापन राम्रो छ । यतिसम्म कि स्वास्थ्य कर्मचारीले काम गरेको बापत भत्ता समेत नपाएको गुनासो गरेका छन् ।

प्रमुख र जनप्रतिनिधिले कोरोनाको नाममा लुट मच्चाएको स्थानीको आरोप छ । सुरुको अवस्थादेखि हालसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा मास्क, साबुन, सेनिटाइजर र अन्य समाग्री वितरणमा १८ लाख ५५ हजार ४ सय २७ रुपैया देखाएको छ । तर यो रकम बराबरको समान वितरण नभएको स्थानीयको दावी छ ।

‘गाउँपालिका भरीमा कतै मास्क साबुन दिएन’, स्थानिय युवा राजा राम यादव भन्छन्, ‘सुरु अवस्थामा दुई मास्क र दुई सावुन दिएको छ । अरु केही हामी पाएको छैन । रहयो सेनिटाइजरको कुरा । यसमा जनप्रतिनिधिले भेदभाव गरेर आफ्नै आसेपासेलाई दिएको हुनसक्छ । जनता कसैले पाएका छैन ।’

यस्तै हालसम्म क्वारेन्टाईन व्यवास्थापनमा २३ लाख ५९ हजार सय ७९ रूपैया खर्च भएको गाउँपालिकाको दावी छ । तर क्वारेन्टाईनमा बसेकाहरुको विवरण हेर्दा त्यतिधेरै रकम खर्च भएको देखिदैन । क्वारेन्टाइन समेत अव्यवस्थित छ । क्वारेन्टाइनमा मापदण्ड अनुसार कुनै व्यवस्था गरिदैन ।

यस्तै राहत वितरणमा ८५ लाख ९८ हजार २ सय १४ रूपैया खर्च भएको गाउँपालिकाले देखाएको छ । स्वयंमसेवक तलव भतामा १३ लाख ९५ हजार र कर्मचारी तथा पदाधिकारी भतामा ७ लाख ९० हजार खर्च भएको गाउँपालिकाको तथ्यांक छ ।

तर राहत वितरण र स्वयंमसेवक तलव भत्तामा समेत अनियमिता भएको छ । स्थानीयले गाउँपालिकासँग राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन सहितका शिर्षकमा भएको खर्चको पूर्ण विवरण सार्वजनिक गर्न स्थानीयको माग छ । तर गाउँपालिकाले संक्षिप्त विवरण मात्र सार्वजनिक गरेको छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ