सिरहा : गोलबजारका १० प्रहरीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि


रामभरोसी यादब/ सिरहा : सिरहमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पीसिआर परीक्षणमा इलाका प्रहरी कार्यालय गोलबजारका १० जना प्रहरी र ४ जना सर्वसाधारणको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी, कन्ट्याक्ट ट्रेसिङकै आधारमा सिरहा नपा माडरमा पनि १ जना प्रहरीसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नरहा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित हुनेमा ४ महिला र २० जना पुरुष छन् । उनीहरु सवै ११ देखि ७० वर्ष उमेर समूहका रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ९८ पुगेको छ । जसमध्ये २ सय १० जना निको भएर घर फर्केका छन ।

अहिले ८६ जनाको उपचार आइसोलेसनमा भईरहेको छ । जिल्लामा हालसम्म ५ हजार ९ सय २८ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ