प्रदेश २ मा बुधवार थपिए ३८६ कोरोना संक्रमित, तीनको मृत्यू (हेर्नुस् पुरा विवरण)


जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामै ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधीमै ३ जनाको मृत्यू भएको भएको छ ।

बुधबार सबैभन्दा बढी पर्सामा १९६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये वीरगन्जकै ९२ जना छन् । यस्तै धनुषामा २७, महोत्तरीमा ९, बारामा २४, सर्लाहीमा ८९, रौतहटमा ३७ र सप्तरीमा १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्सामै तीन जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको छ । ६० र ८६ वर्षका दुई पुरुष तथा ४० वर्षीया एक महिलाको ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ