अस्पतालमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि


राजविराज : धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् ।

ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो ।

ती युवकको शव राजविराज ल्याइएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा यी युवकसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि राजविराज नगरपालिका वडा नम्बर ६ का दुई जना र रुपनी गाउँपालिका ५ का एक जना पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार ०७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ