अब ‘मर्निङ वाक’ गर्नेलाई एक महिना जेल !


काठमाडौं : सधैं ‘मर्निङ वाक’ अर्थात् बिहानमा हिड्ने गर्नुभएको छ ? यदि छ भने त्यसो नगर्नुस् है, जेल पर्नु होला नी ! शरीर स्वस्थ्य राख्न भन्दै सडकमा ‘मर्निङ वाक’ गर्नेहरुलाई अब जेलमा हालिने भएको छ ।

काठमाडौं उपत्यकाको जिल्ला प्रशासनले निषेधाज्ञासँगै ‘मर्निङ वाक’ गर्न समेत प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस संक्रमण बढेपछि काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले बिहीबार बिहानदेखि एक साताको लागि ‘मर्निङ वाक’ निषेध गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ‘मर्निङ वाक’ निस्कनेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने जानकारी गराउनु भएको छ ।

संक्रमण रोग ऐन २०२० मा प्रशासनको आदेशलाई अपहेलना गर्नेलाई १ सय रुपैयाँ, एक महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यसकारण यो कानुन अनुसार ‘मर्निङ वाक’ निस्किए अब एक महिला जेल पर्न सक्ने देखिएको छ ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ