गोली हानेर महन्थको हत्या गरेको घटनामा जिहादी समूहको संलग्नता !


रौतहट : रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी (महन्थ) श्रीराम साहको हत्या गरिएको छ ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहमाथि अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताए ।

पूजारी साहको हत्या कसले र किन गरेको विषयमा केहि खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनाका अपराधीलाई अबिलम्ब पक्राउ गरी कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् ।सामाजिक सञ्जाल मार्फत धेरैले पुजारी साहको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

घटनाको घोर भत्र्सना गर्दै जनक पटेलले फेसबुकमा लेखेका छन्, ‘छिटोभन्दा छिटो अपराधीलाई कडा भन्दा कडा सजाय होस् । आखिर कुन समुदाय र समूहले हिन्दु साधुसन्तमाथि निरन्तर आक्रमण गर्दैछ ? सरकारले त्यस्तो आतंककारी/जिहादी समुहलाई सार्वजनिक गर्नुपर्यो ।’

https://m.facebook.com/story.php?story_fbid=2728411814147253&id=100009353824312
प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ