महोत्तरीको सिमा क्षेत्रबाट ४२५ किलोग्राम मटर बरामद, तस्कर फरार


महोत्तरी : महोत्तरी प्रहरीले आज बिहान भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४२५ किलोग्राम मटर बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका ३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र एकडारा गाउँपालिका ४ स्थित हलखोरी गाउँबाट १७५ किलोग्राम मटर बरामद गरिएको हो।

दुवै स्थानमा १७ वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएका ती मटर प्रहरीको गस्ती टोलीले बरामद गरेको हो। प्रहरीलाई देखेर तस्करहरू भागेको विष्‍टले बताए ।

बरामद मटर प्रहरीले आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको छ ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १३:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ