सप्तरीमा १० वर्षीया बालिका बलात्कृत, घटना लुकाउने प्रहरीको प्रयास !


ललिता साह/ सप्तरी : एक बालिका बलात्कारको घटना सप्तरी प्रहरीले लुकाउने प्रयास गरेको खुलेको छ ।

सप्तरीको महदेवा ३ की १० वर्षिया बालिका सोमवार बलात्कृत भइन् । बालिकालाई सोही वडाका ४० बर्षीय राम सुन्दर सरदारले बलात्कार गरेको बताइएको छ । तर घटनाको चार दिन वित्न लाग्दा पनि प्रहरीले न आरोपीलाई पक्राउ गरेको छ, न त घटनाबारे केहि बताउन मानेको छ ।

स्थानीयका अनुसार ११ बजे टोलमै सामुहिक रूपमै टेलिभिजन हेर्ने क्रममा विजुली कटेको मौका छोपी सरदारले ति बालिकालाई उठाएर लगे । टोलभन्दा करिब ४ सय मिटर टाढा लगेर मुख थुनेर बलात्कार गरे ।

घटनापछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो । तर घटनाबारे प्रहरीले यहाँको संचारकर्मीलाई समेत सूचना दिन मानेका छैन । एक अधिकारकर्मीले घटनाबारे बुझ्न खोज्दा प्रहरीले अनभिज्ञता जनाए । प्रहरीले माथिको आदेश भन्दै घटनाको ढाकछोप गर्न खोजेको अधिकारकर्मीको भनाई छ ।

घटनाको चारदिन बित्न लाग्दा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवार नेता र पत्रकारसँग गुहार माग्न थालेका छन् । पत्रकार र नेतासँग गुहार माग्दा घटना बाहिरिएको छ ।

घटनाबारे पटक पटक प्रहरीलाई सोध्दा घटना संवेदनशील रहेको र भन्न नमिल्ने भन्दै आएका थिए । विहिबार पुनः घटनाबारे सोध्दा सप्तरी प्रहरी प्रमुख कृष्ण प्रसाईले कंचनपुर प्रहरीले घटनाबारे उजुरी लिईसकेका बताए ।

मेडिकल रिपोर्ट पनि आइसकेकोले बलात्कार सम्बन्धी मुद्दा दर्ता चलाउन अनुसन्धान भइरहेको एसपी प्रसाइको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १३:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ