गोली हानेर हत्या गरिएका महन्थलाई शहिद घोषणा गर्न हिन्दु परिषद्को माग


जनकपुरधाम : गोली हानेर हत्या गरिएको महन्थ श्रीराम साहलाई शहिद घोषणा गर्न विश्व हिन्दु परिषद्ले माग गरेको छ ।

परिष्दका राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारी र महासचिव जीतेन्द्र कुमार सिंहले आज संयुक्त रुपमा विज्ञप्ती जारी गरेर हत्या गरिएका महन्थलाई शहिद घोषणाको माग गरेका हुन् । अमानवीय घटनाको कडा शब्दमा निन्दा गर्दै हत्यामा संलग्न अपराधीलाई यथाशिघ्र कानुनी दायरामा ल्याएर कडा कारवाही गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।

‘नेपालमा साधुसन्त समेत सुरक्षित हुन नसक्नु दुर्भाग्यपुर्ण छ,’ विज्ञप्तीमा भनिएको छ, ‘निरन्तर हिन्दु आस्थामाथि आँच आउने गरी हत्या, हिंसा, आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको छ ।’

रौतहटको माधवनारायण गाउँपालिका २ खेसहरियास्थित हनुमान मन्दिरका महन्थ साहलाई बुधवार राति गोली हानेर अपरिचित व्यक्तिले हत्या भएको थियो । हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ