युवतीलाई एसिड छ्याप्ने दुवैजना अदालतको आदेशपछि जेल चलान


काठमाडौं : काठमाडौंको सीतापाइलामा ओखलढुंगाकी युवतीमाथि एसिड छ्याप्ने २ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।

८ साउनमा सीतापाइलामा ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदले एसिड प्रहार गरेका थिए । उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहको इजालसले कार्कीमाथि एसिड हान्‍ने दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

अदालतले एसिड प्रहारबाट घाइते कार्कीका लागि २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ । यसअघि एसिड प्रहार गर्नेहरूलाई कारागार पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो ।

पवित्रमाथि दही किन्‍न निस्किएको बेलामा एसिड हानिएको थियो । हाल उनी कीर्तिपुर अस्पतालमा उपचाररत छिन् ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ