सप्तरीमा विप्लव समूहका नेतृ र नेता पक्राउ, यस्तो छ प्रहरीको आरोप


सप्तरी : प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहमा संलग्न दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समुहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेल र नेता ३१ वर्षीय सुमनसिंह पौडेल पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र व्यवहार आरोप लगाउदै उनीहरू विरुद्ध मुद्दा चलाएको जनाएको छ ।

अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बन्नुभएकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।

नेपाल सरकारले विप्लव समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ