धोनीलाई मोदीले पठाए इमोशनल चिट्ठी, संन्यासबाट १३० करोड भारतीय निराश !


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई चिट्ठी पठाएका छन् । 

मोदीले लेखेका छन्, ‘तपाईंले भिडियोमार्फत व्यक्त गरेको भावना पूरै देशका लागि चर्चाको विषय बन्यो । तपाईंको संन्यासबाट १३० करोड भारतीय निराश भएका छन् । तर भारतीय क्रिकेटका लागि जुन योगदान गर्नुभएको छ, त्यसका लागि धन्यवादको पात्र हुनुहुन्छ ।’

धोनीले प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक सञ्जाल ट्विटमा मोदीले पठाएको पत्र सार्वजनिक गरेका हुन् । उनले एक कलाकार, फौजी र खेलाडीका लागि उसको कडा मेहनत र बलिदानलाई सबैले याद गर्नु नै ठूलो हौसला भएको बताएका छन् ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ