प्रदेश २ : सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा कोरोना पुष्टि


जनकपुरधाम : सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार मन्त्रालयका लेखा अधिकृतसहित लेखा शाखाका ३ कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना रिपोर्ट पोजेटिभ आएका अन्य कर्मचारीको पहिचान खुल्न सकेका छैन । संक्रमित कर्मचारीहरुमध्ये ३५ वर्षीया एक महिला समेत छन् । अन्य सबै पुरुष रहेको र उनीहरुको उमेर २७ देखि ३८ वर्षसम्म रहेको बताइएको छ ।

यसअघि पनि सामाजिक विकास मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको थियो । प्रदेश २ मा विहिवार १८० कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ