प्रदेश २ कोरोनाको ‘हट स्पट’ बन्यो : संक्रमित ८ हजार नाघ्यो, ५१ को मृत्यू (पुरा विवरण)


सन्तोष यादब/ जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ भने मृत्यू हुनेको संख्या ५१ पुगेको छ ।

हिजोसम्म संक्रमितको संख्या ७ हजार ८८३ रहेको थियो । तर आज १८० कोरोना संक्रमित थपिएको छ । योसँगै संक्रमितको संख्या ८ हजार ६३ पुगेको सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी पर्सामा ५२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै धनुषामा २९ जना, महोत्तरीमा १८ जना, सिरहामा ९ जना, बारामा २१ जना, सर्लाहीमा २४ जना, रौतहटमा ६ जना र सप्तरीमा १९ जना संक्रमित थपिएका छन् ।

यस्तै कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यू हुनेको संख्या ५१ पुगेको छ । आज मात्रै सप्तरीको राजविराज नगरपालिका ४ का २८ वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यू भएको छ ।

सबभन्दा बढी पर्सामा २४ जनाको मृत्यू भएको मन्त्रालयको तथ्यांक छ । धनुषामा ९ जना, बारामा ६ जना, सप्तरीमा ४ जना, रौतहटमा ३ जना, महोत्तरी र सिरहामा २÷२ जनाको मृत्यू भएको छ । मृतकमध्ये ९ जना महिला छन् ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ