धनगढीमाईका एक वडाध्यक्षमा पनि कोरोना पुष्टि, भेटघाट गरेकाहरु त्रसित


जयनाथ यादब/ लहान : सिरहाको धनगढीमाई नगरपालिका १२ का वडाध्यक्ष राजु श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विहिवार सिरहाका २५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये गोलबजार नगरपालिकाकै १४ जना छन् । लहान र नरहाका १/१ जनामा समेत कोरोना पुष्टि भएको छ । अन्य ९ जनाको स्थायी ठेगाना खुल्न नसकेको मन्त्रालयले जनाएपनि एक जना धनगढीमाई नपाका वडाध्यक्ष रहेको खुलेको छ ।

वडाध्यक्ष श्रेष्ठमा कोरोना पुष्टि भएपछि उनीसँग केहिदिन यता भेटघाट गरेका व्यक्तिहरु त्रसित बनेका छन् । ५ दिनअगाडी एक पत्रकार समेत उनीसँग भेटेका थिए । ति पत्रकारले टुडेखोजसँग भने– मलाई पनि डर लाग्न थालेको छ । अब त कोरोना परीक्षण गराउछु ।’

प्रकाशित : २०७७ भाद्र ४, बिहीबार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ