चौठचन्द्र र तीजको अवसरमा मुख्यमन्त्री राउतद्वारा सुख, समृद्धि एवं शान्तिको कामना


जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दु धर्मावलम्बीहरुको महान चाड चौठचन्द्र तथा हरितालिका तीजको शुभकामना दिएका छन् । उनले आज विहान शुभकामना सन्देश जारी गरेर चौठचन्द्र र हरिचालिका तीजको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राउतले सुख, शान्ति तथा समृद्धिको कामना गरी मनाइने चौठचन्द्र एवं पतिको दिर्घायुको कामना गरी मनाइने हरितालिका तीजले प्रदेश तथा मुलुककै सुख, समृद्धि एवं शान्ति छाओस् भने कामना गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ