साँसद अरगरियाको पहलमा जनकपुरदेखि यदुकोहासम्मको सडक निर्माण सुरु


जनकपुरधाम : धनुषा क्षेत्र २ का संघीय सांसद उमाशंकर अरगरियाको पहलमा जनकपुरदेखि यदुकोहासम्मको सडकको काम सुचारु भएको छ ।

कोरोनाको बाबजुद काठमाडौबाट बुधबार रातारात आएर साँसद अरगरियाले आफ्नो क्षेत्रमा सडक निर्माण सुरु गर्न सडक डिभिजन कार्यालय जनकपुर र हुलाकी सडकका इन्जिनियरलाई दबाब दिएका थिए । लगत्तै जनकपुरदेखि यदुकोहासम्मको सडक मर्मत तथा निर्माणको काम सुचारु भएको हो ।

जनकपुरको पुल चोकमा विगत लामो समयदेखि सडक हिलाम्मे बनेको थियो । एम्बुलेन्स समेत आउन सक्ने अवस्था थिएन । सबभन्दा बढी मोटरसाइकलमा आवतजावत गर्न पनि समस्या थियो । तर उक्त सडक तत्कालका लागि मर्मत गरेपछि स्थानीय खुःशी भएका छन् ।

त्यस्तै भारतको बोडर महुवादेखि खजुरी, माची, मंगराहा, नाथपट्टी, विसरभोरा, डुमरिया लगायतका सडकको काम पनि साँसद अरगरियाकै पहलमा अगाडी बढेको छ ।

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ