पूजा गर्दा किन बालिन्छ धूप ?


एजेन्सी : पूजा गर्दा धूप बाल्ने प्रथा सबै धर्ममा विद्यमान छ । किन बालिन्छ त धूप रु कहिल्यै विचार गर्नुभएको छ रु खासमा धूपको धुँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धुवाँले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घुप बालिन्छ ।

धूपको धुँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धुप बाल्ने गर्छन् । प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायी हुन्छ। अचेल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ ।

प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो ।

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ