साधु हत्याको विरोधमा जनकपुरमा प्रर्दशन, मुख्यमंत्रीको राजीनामा माग


जनकपुरधाम : रौतहटमा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याको विरोधमा जनकपुरमा युवाहरुले आज प्रर्दशन गरेका छन् ।

पुजारी साहको निर्ममतापुर्वक हत्या गरेको भन्दै मनीष हिन्दूको अगुवाईमा हत्यारालाई अबिलम्ब कार्यवाही गर्न प्रर्दशन गरिएको हो ।साधुसन्त एबं हिन्दू अभियन्ताको सुरक्षा दिन नसक्ने मुख्यमंत्री लालबाबु राउतको राजीनामा समेत माग गरेका छन् ।

जनकपुरस्थित रेल्वे स्टेशन अगाडी गरिएको प्रदर्शनमा अभियंता संजय यादव, जय यादव, रवि साह एबं मोहन साह लगायतको उपस्थित रहेको थियो ।

बुधवार अपरिचित व्यक्तिले साधु साहको गोली हानेर हत्या गरेको थियो । हत्याराको पहिचान समेत अहिलेसम्म भएको छैन् । अहिले साधु हत्याको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ