युवा सजगता अभियान प्रदेश २ को संयोजकमा यादब


जनकपुरधाम : युवा सजगता अभियान प्रदेश २ को संयोजकमा संजिप कुमार यादब चयन भएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य समेत रहेका संजिपलाई आज अभियानको प्रदेश २ को जिम्मेवारी दिएको हो । अभियानका अध्यक्ष चिन्तन पौडेलले विज्ञप्ती जारी गरेर ५ वटा प्रदेशका संयोजक चयन गरेका छन् ।

अभियानको सुदूर पश्चिम प्रदेशमा भुवन भट्ट, गण्डकी प्रदेशमा शुशिल तिमिल्सिना, कर्णाली प्रदेशमा इश्वर बहादुर विष्ट र प्रदेश १ मा प्रेमिका राना मगरलाई संयोजक तोकिएको छ ।

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ