जनकपुरमा चोरको गिरोह सक्रिय, एक विद्यार्थीको मोटरसाइकल पनि चोरी


जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मोटरसाइकल चोरीको घटना बढ्न थालेको छ । एक वडाध्यक्षको मोटरसाइकल चोरी भएको चारदिन नवित्दै फेरी एक विद्यार्थीको मोटरसाइकल चोरी भएको हो ।

जनकपुरधामको कप्लेश्वर मन्दिर नजिकैबाट प्रदेश २–०२–००१ प ३९४४ नम्बरको मोटरसाइकल चोरी भएको छ । घरबाटै विहिवार विहान करिब ३/४ बजे मोटरसाइकल चोरी भएको पीडित निकेश कुमार यादबले जानकारी दिए । उनले मोटरसाइकल चोरी भएपछि प्रहरी चौकी कप्लेश्वरमा जानकारी गराएको बताए ।

तीन दिनअगाडी जनकपुरको जलाद पुल नजिकै आफ्नै घर अगाडी राखेको अवस्थामा कमला नगरपालिका ५ का वडाध्यक्ष समेत रहेका शिवा पासवानको मोटरसाइकल चोरी भएको थियो । उनको मोटरसाइकल अझै भेटेका छैन ।

प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार २०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ