पूर्वप्रधानमन्त्री माधव नेपालका पीएसओसहित ९ प्रहरीमा कोरोना पुष्टि


काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए ।

गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो । संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले बताए ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार १३:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ