प्रदेश २ : भरुवा बन्दुक र बारुदसहित बाबु–छोरा प्रहरी फन्दामा


बारा : प्रदेश २ को बारा जिल्लामा भरुवा बन्दुक र केहि खजनासहित बाबु–छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङ्गतान र उनका छोरा ३३ वर्षीय जनक स्याङ्गतान छन् ।

भरुवा बन्दुक २ थान र त्यसमा प्रयोग हुने खजनासमेत बोकेर हिँड्दै गरेका अवस्थामा बाबु्–छोरालाई शुक्रवार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलियाले जानकारी दिए । उनका अनुसार बारा र रौतहटको सिमानामा पर्ने धन्सार खोला बगरबाट बाबु–छोरा पक्राउ परेका हुन् ।

भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने छर्रा ३५ थान, फलामको ७ थान सानो टुक्रा र शिशाको बोतलमा राखिएको अन्दाजी २ सय ५० मिलिलिटर बारुदसमेत बरामद भएको छ । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार १५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ