क्षिरेश्वरनाथ नगरपालिकामा ग्यास लिक भएर आगलगी, लाखौंको क्षति


कुलदिप ‘प्रेम’/ जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ स्थित हफिज नदाफको घरमा आगलगी भएको छ । ग्याँस सिलिण्डर लिक भएर आगलगी हुँदा लाखौंको क्षति भएको छ ।

आगलागीबाट खाद्यान्न सामग्री, फ्रिज, मोवाइल, लत्ताकपडासहितका समान जलेर नष्ट भएको हफिजका छोरा मुस्तफा नदाफले जानकारी दिए । उनका अनुसार आगलगीबाट करिब ४÷५ लाखभन्दा बढीको क्षति भएको छ ।

आगलगी क्षिरेश्वरनाथ नगरपालिकाका बारुण यन्त्र र स्थानीयको सहयोगमा नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार १६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ