दुःखद् : भेन्टिलेटर खोज्दा-खाेज्दै वडाध्यक्ष यादवकै ज्यान गयाे


विराटनगर : घरपरिवारसँगै आराम गरेर बसिरहेका सुनसरीको कोशी गाउँपालिका २ का वडाअध्यक्ष हिराललाल यादवलाई एक्कासी देब्रे छाती दुुख्यो ।

उनले तत्काल झापामा चिकित्सक रहेका आफ्ना ज्वाइ र त्यहीँ कार्यरत नर्सिङ सेवामा रहेकी छोरीलाई खबर गरे । उनीहरुले मुटुरोग विशेषज्ञ धरानमा रहेको हुँदा तत्काल धरान जान सुुझाव दिए ।

धरान पुर्याइएका यादवलाई अक्सिजनसहितको भेन्टिलेटर वेड अभाव रहेको हुँदा तत्काल वेड पाउन असम्भव भयो ।

आफन्तले विराटनगरका अस्पतालमा वेड भए/नभएको बुझे । अधिकांश अस्पताल बन्द थिए । अस्पतालमा पनि वेड नभएको जानकारी पाएपछि यादवलाई बिग्रदो हालतकैबीच झापाको बिएण्डसी अस्पताल पुर्‌याइएकाे थियो ।

अस्पताल पुर्‌याउँदा उनको स्वास्थ्य अवस्था असाध्य खराब भइसकेको गाउँपालिकाका अध्यक्ष अयूव अन्सारीले बताए । उनले आफूले धरान र विराटनगरका अस्पताल भेन्टिलेटर सेवा भएनभएको बारे बुझ्दा कतै पनि खाली नभएको पाइएको जानकारी दिए ।

‘हामीले वडाअध्यक्षलाई समस्या हुनेबित्तिकै भेन्टिलेटरमा राखेर उपचार गर्न पाएको भए ज्यान बच्थ्यो,’ उनले भने, ‘आज एउटा जनप्रतिनिधिले समयमा उपचार नपाउँदा ज्यान गुुमायो । सामान्य नागरिकको हालत के हुने होला ?’

अन्सारीका अनुसार मृत्युु भएका ४९ वर्षीय यावद विगत डेढ वर्षदेखि मुुटुु रोगको औषधी सेवन गरिरहेका थिए ।

– आयोमेल

प्रकाशित : २०७७ भाद्र ६, शनिबार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ