प्रदेश २ : जब प्रहरीकै अगाडी एक व्यक्तिले १६ लाख रुपैया फाले…


कलैया : बारा प्रहरीकै अगाडी एक व्यक्तिले १६ लाख रुपैया फालेर फरार भएका छन् ।

प्रहरी चौकी तेलकुवाले महागढीमाई नगरपालिका ७ बेनौलीमा चेकिङ्ग गरिरहेका थिए । त्यही क्रममा एक जना मोटरसाइकल लिएर आए । प्रहरीले रोक्न खोज्दा ति व्यक्ति झोला फालेर मोटरसाइकल लिएरै फरार भए ।

प्रहरीले बेनौली चोकतर्फबाट आएका मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकले साथमा बोकेको झोला फाली फरार भएको र झोला खोल्दा १६ लाख रुपैया भेटेको जनाएको छ ।

‘झोलामा नेपाली एक हजार दरका ७ सय ६२ थान र पाँच सय दरका १६ सय ७६ थान गरी सोह्र लाख रुपैया थियो’, एक प्रहरीले भने ।

भागेको व्यक्तिले चलाएको मोटरसाइकल नम्वर समेत नखुलेको प्रहरीको भनाई छ ।फरार भएको ति व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार २०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ