जनकपुरको प्रादेशिक अस्पतालका थप ९ कर्मचारीमा कोरोना पुष्टि


जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार धनुषामा २१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ९ जना प्रादेशिक अस्पतालकै कर्मचारी रहेको सामाजिक विकास मन्त्रालयलेजनाएको छ । संक्रमित कर्मचारीको पहिचान गोप्य राखिएको छ ।

संक्रमितमध्ये २ महिला २६ र ४० वर्षकी छन् । यस्तै २४ देखि ५७ वर्ष उमेर समूहका ७ कर्मचारी संक्रमित भएको बताइएको छ । यसअघि अस्पतालका दुई डाक्टर, दर्जनौं स्टाफ नर्स, सरसफाई कर्मचारी लगायतमा कोरोना पुष्टि भइसकेको छ ।

यस्तै सोही अस्पतालमा उपचाररत एक विरामीको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ । ति विरामीको स्थायी ठेगाना खुल्न नसकेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार २०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ