Breaking- लहानका २२ जना प्रहरी र ८ थुनुवामा कोरोना पुष्टि


जयनाथ यादब/ लहान : सिरहामा शनिवार प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ देखि ५३ वर्ष उमेर समूहका सबै पुरुष छन् ।

सामाजिक विकास मन्त्रालयले सिरहाको ईलाका प्रहरी कार्यालयका ३० जनामा कोरोना पुष्टि भएको जनाएको छ । यद्दपी कुन ईलाका प्रहरी कार्यालयका थुनुवा र प्रहरी संक्रमित भएको कुरा स्पष्टसँग खुलाएको छैन ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै ८ जना विभिन्न ठाउँका थुनुवामा संक्रमण पुष्टि भएको उनको भनाई छ ।

यसअघि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैजना प्रहरी कार्यालयकै आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ