महोत्तरी : बोक्सी भन्दै महिलालाई कुटपिट गर्ने यादब प्रहरी फन्दामा


जनकपुरधाम : बोक्सी भन्दै महिलालाई कुटपिट गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका ७ का कृष्ण यादब छन् ।

स्थानीय ४५ वर्षीया पवनदेवी यादबलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेको आरोपमा कृष्णलाई शनिवार राति पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी टिका केसीले जानकारी दिए । उनले पक्राउ परेका यादबमाथि छानविन तथा कारबाही प्रक्रिया अगाडी बढाएको पनि बताए ।

शुक्रवार राति पवनदेवीलाई कृष्ण र उनका परिवारका सदस्यहरुले कुटपिट गरेको थियो । पीडितले प्रहरीलाई खबर गरेपछि कृष्णलाई तत्कालै पक्राउ गरियो । तर स्थानीय नेताहरुको दबाबमा उनलाई प्रहरीले राति नै छाडेको थियो ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ