सफाईकर्मीबाट कोरोना संक्रमितको ज्वरो नाप्न लगाउने स्वास्थ्यकर्मीलाई कारबाही !


जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका ५ गंगुलीमा संचालनमा रहेको आइसोलेसनमा कोरोना संक्रमितको ज्वरो सफाइकर्मीबाट नाप्न लगाएका स्वास्थ्यकर्मीमाथि कारबाही हुने भएको छ ।

सफाइकर्मीबाट कोरोना संक्रमितको ज्वरो नाप्न लगाएको भिडियो सार्वजनिक भएपछि सो समयमा खटेका स्वास्थ्यकर्मी टिमलाई आइसोलेसन सेन्टरबाट हटाइएको छ । कोभिड–१९ धनुषाका संयोजक डा. जामुन सिंहले आइसोलेसनमा बसेका कोरोना संक्रमितको ज्वरो नाप्न स्वीपरलाई पठाउने स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाएको जानकारी दिए ।

विज्ञप्ती जारी गर्दै डा. सिंहले सो विषयमा सत्यतथ्य छानविन गरी २४ घण्टाभित्र सार्वजनिक गर्ने पनि बताएका छन् । उक्त आइसोलेसनमा रिक्त रहेको स्वाथ्यकर्मीको ठाउँमा अर्को स्वास्थ्यकर्मीको टोली आज पठाउन लागेको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ