प्रदेश २ : दुई कोरोना संक्रमित थुनुवा अस्पतालबाटै फरार, खोजी सुरु


पर्सा : कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वीरगंजको कोभिड अस्पतालमा उपचाररत दुई थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सार्वजनिक मुद्दामा पक्राउ परेका थुनुवाद्वय छोटु तिवारी र रामु माझी फरार भएका हुन् । अस्पतालको पछाडिबाट हाम फालेर शनिवार राति करिब २ बजे भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनी दुबै जनालाई खोज्न प्रहरी परिचालन गरिएको छ ।

शनिबार राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले दुई सङ्क्रमितलाई देखेन । लगत्तै स्वास्थ्यकर्मीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनीहरु भागेको थाहा पाए ।

कोरोना संक्रमित थुनुवाद्वय फरार भएपछि अन्य स्वास्थ्य व्यक्तिमा सार्ने जोखिम बढेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मनोजीत कुँवरले उनीहरुको खोज तलास भइरहेको जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १३:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ