ढुङ्गा प्रहार गरी आमाकै हत्या गर्ने पासवान पक्राउ, बुवा अस्पताल भर्ना


सर्लाही : ढुङ्गा प्रहार गरी आमाको हत्या गर्ने छोरालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका २ पुनर्वास टोलका ३२ वर्षीय राजबीर पासवान रहेका छन् ।

नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई शनिबार राति पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीय आमा उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गरेका थिए । गम्भिर चोट लागेपछि आमाको मृत्यू भएको छ भने बुवा घाइते छन् ।

पक्राउ परेका पासवानको बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १४:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ