जनकपुरकी खातुनलाई उपचार गराउन कतारबाट आर्थिक सहयोग


सिबेन्द्र रोहिता/ जनकपुरधाम : गरिबीका कारण उपचार गराउन नपाएकी जनकपुरधाम उपमहानगरपालिका ७ की १३ वर्षीया सलमा खातुनले आर्थिक सहयोग पाएकी छन् ।

विगत २ महिनादेखी पारालाईसिस भएर थलिएकी खातुनलाई कतार बस्दै आएका मोहम्मद गुलाम मुस्तफा साफीले ३४ हजार ८६५ रुपैया सहयोग गरेका हुन् । खातुनको अवस्थाबारे जानकारी पाएपछि कतारबाटै साफीले रकम पठाएपछि जनकपुरका युवा अभियन्ता मोहम्मद रियाजले उक्त रकम निकालेर उनलाई हस्तान्तरण गरे ।

खातुनको आर्थिक अवस्था एकदमै दयनीय छ । बुवा सानैमा वितेपछि समस्यामा परेकी उनको उपचारका लागि करिब डेढ लाख रुपैयाको आवश्यक छ । उनको उपचारका लागि थप रकम चाहिने भएकाले अन्य दाताहरुसँग पहल गरिरहेको युवा अभियन्ता रियाजले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ