धनुषामा लकडाउनको अवधी फेरी सात दिन बढाइयो


जनकपुरधाम : कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको लकडाउनको अवधी फेरी बढाइएको छ । आज बसेको सुरक्षा समितिको बैठकबाट लकडाउन सात दिन थप्ने निर्णय गरेको हो ।

गत साउन ३२ गते राति १२ बजेदेखि भदौं ७ गतेसम्मका लागि जिल्लाभरि लकडाउन गर्ने निर्णय गरिएको थियो । त्यसपघि भने मात्र जनकपुरधाम उपमहानगरपालिकामा सात दिनका लागि लकडाउन गरिएको थियो ।

जिल्लाभर लकडाउन गरिएको भनिएपनि प्रभाव न्यून देखिन्छ । बजारका अधिकांश पसल खुल्ने गर्छ । गाउँघरमा त मास्क समेत प्रयोग गरेको देखिदैन । हातबजार समेत जनप्रतिनिधिकै मिलोमतोमा लाग्ने गरेको छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ