विप्लवका सैन्य कमाण्डर जिमीसहित ८८ नेता कार्यकर्ता जसपामा प्रवेश


जनकपुरधाम : विप्लव नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टीका मध्य केन्द्रिय कमाण्डका तत्कालिन सैन्य कमाण्डर जीवन लामा (जिमी) जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेर लामा पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् । लामाको नेतृत्वमा व्यूरो सदस्यहरु प्रलाह्द फुयाल (जीवन), रौतहटका जिल्ला पूर्व सेकरेटरी गोपाल जिम्वा पनि पार्टीमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै लामा, फुयाल र जिम्वासहित ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली सहित जिल्लाहरुका ८८ जना विभिन्न तहगत जिम्मेवारीमा रहेका नेता÷कार्यकर्ता समेत जसपामा प्रवेश गरेको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती मार्फत जसपाका अध्यक्षद्वय ठाकुर र यादबले नव प्रवेशी नेता कार्यकतालाई शान्तिपूर्ण सशक्त एवं गतिशिल राजनीतिक सक्रियताको शुभकामना सहित स्वागत गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ