जनकपुरको काव्या अस्पतालका डाक्टरसहित १८ जनामा कोरोना पुष्टि


जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा रहेको काव्य अस्पतालका डाक्टरसहित १८ जनामा कोरोना पुष्टि भएको छ ।

स्रोतका अनुसार संक्रमितमध्ये चार जना विरामी समेत छन् । संक्रमित ३ महिला रहेको र उनीहरुको उमेर नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अन्य १५ जना पुरुष छन् । उनीहरु १ देखि ३८ वर्ष उमेर समुहका छन् ।

अस्पतालका केहि कर्मचारीको रिपोर्ट भने अझै आउन सकेका छैन । एकैपटक अस्पतालका १८ जनामा कोरोना पुष्टि भएपछि त्यहाँ उपचाररत अन्य विरामीहरु त्रसित बनेका छन् ।

प्रशासनले उक्त अस्पताल सिल गर्ने तयारी गरेको बुझिएको छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ