आईतवार प्रदेश २ मा थपिए ३१२ कोरोना संक्रमित (हेर्नुस् पुरा डिटेल)


जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ८ सय ३२ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ५७ महिला र २ सय ५५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सबभन्दा बढी १३८ जना संक्रमित पर्सामा थपिएका छन् ।

यस्तै सर्लाहीमा ७९, धनुषामा ३७, रौतहटमा १७, बारामा १३, सप्तरीमा १२, महोत्तरीमा ११ र सिरहामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेर्नुस् पुरा डिटेल :

CamScanner 08-23-2020 17.33.26
CamScanner 08-23-2020 17.33.26
CamScanner 08-23-2020 17.33.26
प्रकाशित : २०७७ भाद्र ७, आईतवार १९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ