गरिब महिलालाई ‘ग्याँस-चुलो’ उपहार दिएर समाजसेवी संगीताले मनाइन् जन्मदिन


सिरहा : लहानकी समाजसेवी संगीता कर्माचार्यले जन्मदिनको उपलक्ष्यमा एकल महिलालाई ‘ग्याँस–चुलो’ उपहार दिएकी छन् ।

उनले जन्मदिनमा मनाउन लाग्ने खर्च बराबरको ‘ग्याँस–चुलो’ किनेर गरिब महिला ७४ वर्षीय छोबीदेवी बंगालीनलाई उपहार दिएकी हुन् । बंगालीन लहानस्थित शिव चौकको एक कठघरामा चिया पसल गरी गुजारा गर्दै आएकी छिन् ।

केही दिन अगाडि उनको कठघरामा रहेको ग्यास चुलो चोरी भएपछि लकडाउनमा गुजारा चलाउन समस्या परेको थियो । समाजसेवी संगिताले यो कुरा थाहा पाएपछि आफ्नो जन्मदिनको अवसर पारेर ग्याँस चुलो उपहार दिइन् । ‘ग्याँस–चुलो’ पाएपछि उनी खुःशीले गदगद भइन् । ‘ग्याँस–चुलो’ बुझ्दै ति एकल महिलाले समाजसेवी संगीतालाई जन्मदिनको शुभकामना समेत दिइन् ।

समाजसेवी संगीता र उनका पति महेश चौधरी पछिल्लो समय लहानमा चर्चाको पात्र बनेका छन् । लकडाउनका कारण हातमुख जोड्न समस्या भएका लहानका कैयौं गरिब दलितलाई राहत बाँडेपछि संगीता र महेसको जताततै चर्चा चलिरहेको छ । केहि दिनअगाडी महेशले गरिब बस्तीमा इनार निर्माण गरी आफ्नो जन्मदिन मनाएका थिए ।

लहानमा अहिले महेश र संगीतालाई ‘मस’ जाडी भनेर चिनिन्छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार २१:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ