प्रदेश २ : उपचार गर्दागर्दै बलात्कार गर्ने स्वास्थ्यकर्मी साह पक्राउ


जनकपुरधाम : उपचार गर्न पुगेकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

रौतहटको कटहरिया नगरपालिका २ बिर्तीका २६ वर्षीय प्रमोद साह पक्राउ परेका हुन् । निजगढ नगरपालिका ११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकका स्वास्थ्य सहायक (एचए) साहलाई आईतवार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पेट सम्बन्धि उपचार गराउन गएकी ती किशोरीलाई स्वास्थ्य सहायक साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको थियो । पीडितले अस्थाई प्रहरी पोष्ट रतनपुरमा खबर गरेपछि उनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटना विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै सप्तरीमा २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका १० का १९ वर्षीय फुल कुमार राम पक्राउ परेका छन् ।

कंचनरुप नगरपालिका ६ स्थित धार्मिक सामुदायिक वनमा रामले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रकाशित : २०७७ भाद्र ८, सोमबार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ