कोरोनाले एकैदिन ८ जनाको ज्यान लियो, मृतकको संख्या १५७ पुग्यो


काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा आठ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १५७ संख्या पुगेको छ ।

मृत्यु हुनेमा रुपन्देहीका चार जना रहको डा। गौतमले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा रुपन्देहीका ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष छन् । त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ । आइतबार तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो ।

यता नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसरा उपत्यकाका काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन् । संस्थागत आइसोलेसनमा ९ हजार १५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २७५ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा ४ हजार ५६१ जना छन् । २४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र ८, सोमबार १६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ