प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो (हेर्नुस् पुरा डिटेल)


जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । सोमवार १८५ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या ९ हजार १७ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी बारामा ९४ कोरोना संक्रमित थएिका छन् । यस्तै पर्सामा ३५ जना, रौतहटमा २१ जना र सिरहामा ८ जनामा कोरोना पुष्टि भएको छ । धनुषामा र महोत्तरीमा ३/३ जना तथा सर्लाही र सप्तरीमा १० जना संक्रमित थपिएका छन् ।

एकजना संक्रमितको जिल्ला नखुलेको र उनी ६० वर्षीया महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हेर्नुस् पुरा डिटेल :

CamScanner 08-24-2020 16.49.47
CamScanner 08-24-2020 16.49.47
प्रकाशित : २०७७ भाद्र ८, सोमबार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ