सिरहामा ८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७३ पुग्यो


जयनाथ यादब/ लहान : सिरहामा सोमवार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कल्याणपुरमा एक ३६ वर्षीया महिला र ५४ वर्षीय पुषमा कोरोना पुष्टि भएको हो । यस्तै सिरहा नगरपालिका, भदैया, मलहनमा, बरियारपट्टी र मिर्चैया एक/एक जना गरी ५ जना कोरोना संक्रमित भएका छन् । एक संक्रमितको पहिचान खुल्न सकेका छैन ।

योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ३० महिलासहित ३७३ पुगेको छ । जसमध्ये २१४ जना कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।

हालसम्म ३ संक्रमितको ज्यान समेत गइसकेको छ ।

प्रकाशित : २०७७ भाद्र ८, सोमबार १८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ