लहानका एक कोरोना संक्रमित युवकको ज्यान गयो, सिरहामा मृतक ४ पुग्यो


जनकपुरधाम : सिरहाका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा धरानमा ज्यान गएको छ । लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको ज्यान गएको हो ।

मृतक युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ति युवक भदौं २ मा अस्पताल भर्ना भएका थिए । स्रोतका अनुसार मृतक युवक लागूऔषध सेवन गर्दै आएका थिए । उनमा मुटुसम्बन्धी समस्या पनि थियो ।

योसँगै सिरहामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र ८, सोमबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ