प्रदेश २ : एकैपटक राजीनामा दिँदै डेढ सय डाक्टर ! यस्तो छ माग


वीरगन्ज : वीरगन्जका विभिन्न निजी अस्पतालमा कार्यरत डाक्टरहरुले सामूहिक राजीनामा दिन लागेका छन् ।

तलब बढाउनु पर्ने, जीवन बिमा गर्नु पर्ने र पिपिई लगायतका स्वास्थ्य प्रदान गर्नुपर्नेलगायतका ५ माग राख्दै वीरगन्जका नीजि अस्पतालका डाक्टरहरुले ७ दिन अल्टिमेटम दिएका थिए । तर माग पुरा नभएपछि वीरगन्जका नीजि अस्पतालमा कार्यरत करिब डेढ सय डाक्टर राजीनामा दिन लागेका हुन् ।

डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाइन बस्नु परे सबै सेवा सुविधा अस्पतालले नै व्यहोर्नुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा (पिपिई) लगायतका सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निःशुल्क उपचार पाउनुपर्ने माग राखेर सात दिनदेखि आन्दोलनमा थिए ।

सोमबार अल्टिमेटमको अन्तीम दिन बितेपनि अहिलेसम्म मांग पुरा गर्न मेडिकल सञ्चालक गम्भीर नबनेपछि आफूहरू सामूहिक राजीनामा दिने निश्कर्षमा पुगेको डाक्टर राम एकवाल राय यादवले बताए ।

कोरोना महामारीमा अग्रपंतिमा काम गर्ने डाक्टरप्रति सरोकारबाला उदासिन बन्दा आफूहरूको चित्त दुखेको उनको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार ११:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ