उपचार अभावमा कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु


रुपन्देही : रुपन्देहीमा गैडहवा गाउँपालिका ३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।शुक्रबार उनमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालमा अपरेसन हुन सकेन । उनको कोरोना पुष्टि भएपछि टाउकाको अपरेसन गर्न चिकित्सकहरु हच्किएका परिवारको आरोप छ ।

भीम अस्पतालमा जनशक्ति अभावमा टाउकाको अपरेसन नहुने भए पनि कोरोना देखिएकाले पारिवारिक जोडबलमा भर्ना गरियो । तर, उपचार नपाउँदा उनको मृत्यु भयो । भीम अस्पतालका कोरोना फोकल पर्सन सुमित प्रजापतिले कोरोना भन्दा पनि ती पुरुषको चोटका कारण ब्रेन ह्यारेज भएकाले मुत्यु भएको दाबी गरे ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ