जनकपुर : चार पुरुष मिलेर गर्भवती महिला कुट्यो, ३ महिनाको बच्चा नोक्सान !


जनकपुरधाम : धनुषाको हंसपुरमा एक समूहको कुटाइबाट एक महिलाको गर्भ नोक्सान भएको घटना सार्वजनिक भएको छ ।

कुटपिटबाट हंसपुर नगरपालिका ४ मनिपट्टी घर भएकी ३५ वर्षीय उर्मिलादेवी कापरको गर्भ नोक्सान भएको हो । प्रादेशिक अस्पतालले समेत चोट लागेका कारण ति महिलाको ३ महिनाको बच्चाको मृत्यू भएको रिपोर्ट दिएको छ ।

स्थानीय सुन्दर कापर, कृष्णा कापर, असेश्वर कापर र शंकर कापरको कुटाइबाट उनको गर्भ नोक्सान भएको बताइएको छ । पीडित महिलाले उनी चारै जनाविरुद्ध उजुरी दर्ता गर्न चार दिनदेखि जिल्ला प्रहरी कार्यालय धाइरहेकी छन् ।

तर प्रहरीले भने कार्यालयभित्र समेत छिर्न नदिने गरेको पीडित महिलाले गुनासो गरेकी छन् । उनले भनिन्, ‘मेरो बच्चाको हत्या गर्नेविरुद्ध मुद्दा हाल्न ४ दिनदेखि प्रहरी कार्यालय आउँछु । तर भित्र छिर्न दिदैनन् ।’

पीडित महिलाको आँगनमा भएको कल (पाइप)को पानी बगेर शंकर कापरको जग्गामा गएको थियो । सोही विषयलाई लिएर उर्मिलालाई शंकर, कृष्णा, असेश्वर र सुन्दरले मिलेर कुटपिट गरेका थिए ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ