महोत्तरीमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४ पुग्यो


जनकपुरधाम : कोरोना भाइरसका कारण महोत्तरीका थप दुई जनाको मृत्यू भएको छ । मनरासिस्वा नगरपालिका ५ का ७५ वर्षीय पुरुष र बलबा नगरपालिका ३ का ७७ वर्षीय पुरूषको कोरोनाकै कारण मृत्यू भएको हो ।

उपचारका लागि आज जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मनरासिस्वाका पुरुषको मृत्यु भएको छ । क्यान्सरबाट समेत पीडित उनी केहि दिनअगाडी चितवनको क्यान्सर अस्पतालमा उपचार गराएर फर्केका थिए । उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा भर्ना गर्न जलेश्वर ल्याउने क्रममा बाटोमै मृत्यू भएको बताइएको छ ।

यस्तै बलबाका पुरूषको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै कोरोनाले महोत्तरीमा मृत्यू हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ