किसानको समस्या समाधान गर्नुपर्ने भन्दै जनमत पार्टीको प्रदर्शन


जनकपुरधाम : सर्लाहीको बलरा नगपालिका र रामनगर गाउँपालिकामा किसानको समस्या समाधान गर्नुपर्ने भन्दै जनमत पार्टीले विभिन्न ५ बुँदै माग राखेर आज प्रदर्शन गरेको छ ।

किसानलाई मलखाद, विउ बिजन, विषादी, औषधी, कृषि उपकरण गाउँ गाउँमा व्यवस्था गर्न, बैकल्पिक शिक्षा नीति लागु गर्नुपर्ने माग राखेर जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । बेरोजगारलाई रोजगारी दिनुपर्ने र रोजगार दिन नसके बेरोजगारी भत्ता दिन सहितका माग राखेर प्रदर्शन गरेको जनमत पार्टीका नेता विबेक शर्माले जानकारी दिए ।

प्रदर्शनका क्रममा व्यापार सहजीकरण गरी कालोबजारी बन्द गर र नागरिकको स्वास्थ्यसँग लापरबाही गर्न पाइदैन जस्ता नारा समेत उनीहरुले लगाएका थिए ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १५:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ