कोरोनाले २४ घण्टामै सात जनाको ज्यान गयो, ८५५ संक्रमित थपिए


काठमाडौं : कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा एक महिला र ६ पुरुष छन् ।

काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् ।

थपिए ८५५ संक्रमित

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन् ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ