प्रदेश २ : थप दुई कोरोना संक्रमित पुरुषको ज्यान गयो


जनकपुरधाम : मंगलवार प्रदेश २ मा थप दुई पुरुषको कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गएको छ ।

बाराको महागढीमाई नगरपालिका ४ का ५९ वर्षीय पुरुष र सुवर्ण गाउँपालिका ४ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उपचारका क्रममा मंगलबार बिहान वीरगन्जको नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा उनी दुबै जनाको ज्यान गएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले पुष्टि गरेका छन् ।

गत भदौं ६ गते कोरोना पुष्टि भएका सुवर्ण गाउँपालिकाका पुरुषको बिहान साढे ६ बजे र भदौं ४ गते कोरोना पुष्टि भएका महागढीमाई नगरपालिकाका पुरुषको बिहान १० बजे मृत्यु भएको छ ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ